घरनजिकै रहेको सामुदायिक वनमा घाँस दाउरा लिन गएकी अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा विगत केही दिनदेखि गैंडा र बाघको आतंक बढेको छ ।
राष्ट्रिय निकुञ्ज क्षेत्रमापर्ने वनमा जंगली जनावरको आतंक बढेपनि दाउरा तथा वस्तुभाउका लागि घाँस लिन स्थानीयहरु जंगल जानुपर्ने बाध्यता छ ।
तीन महिनाको अवधिमा नवलपुर क्षेत्रमा ६ जनाको बाघ र गैंडाको आक्रमणबाट मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्