१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


त्रिशुली किनारमा बोलेरो खस्दा चालकको मृत्यु


0
Shares

नारायणगढबाट काठमाडौँ जाँदै गरेको ग २ च ३३६५ नम्बरको बोलेरो पिकअपलाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका बोलेरो चालक धादिङ सिम्लेका २१ वर्षीय किरण तामाङको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

विहान करिब २ बजेतिर साबिक दारेचोक–७ कुरिटघाटमा ट्रकले ठक्कर दिँदा कुखुरा बोकेको बोलेरो सडकबाट ५० मिटर तल त्रिशूली नदी किनारमा पुगेको थियो ।

दुर्घटनामा परी घाइते हुने तनहुँ दमौलीका २० वर्षीय राजेश सुनार र चितवन भरतपुर–१८ का २२ वर्षीय सुरज पोखरेलको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको र ट्रकका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । (रासस)