Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


सबै प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन


0
Shares

सरकारले लक्की शेर्पा (अस्ट्रेलिया), निरञ्जनकुमार थापा (इजरायल), शर्मिला पराजुली (ओमान), रमेशप्रसाद कोइराला (कतार), अर्जनुजंगबहादुर सिंह (गणतन्त्र कोरिया), प्रतिभा राणा (जापान), युवनाथ लम्साल (डेनमार्क), चोपलाल भुसाल (बंगलादेश), पदम सुन्दास (बहराइन), भीमकृष्ण उदास (म्यान्मा), विश्वम्भर प्याकु¥याल (श्रीलंका) र महेन्द्रप्रसादसिंह राजपुत (साउदी अरेबिया)लाई राजदूतमा सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।

संसदीय सुनुवाइपछि उनीहरूको नाम सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

समितिले तीन दिन लगाएर प्रस्तावित राजदूतहरूको सुनुवाइ गरेको थियो ।

सुनुवाइकाक्रममा उनीहरूले आ–आफ्नो अवधारणा र सोच प्रस्तुत् गर्दै मुलुकको हित र आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस