
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार भएको माओवादी केन्द्रको कार्यालय बैठक उक्त निष्कर्षमा पुगेको हो ।
बैठकमा संविधान संशोधन, स्थानीय तहको संख्या वृद्धि र राष्ट्रियसभाका विषयमा छलफल भएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
निर्वाचनको वातावरण बनाउने विषयलाई सीमांकनले नरोक्ने उनले बताइन् ।
उनकाअनुसार बैठकमा असन्तुष्ट मधेसकेन्द्रित दललाई निर्वाचनमा सहभागी गराउन सरकारले गरेका सबै प्रयासका विषयमा छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्रीले बोआओ सम्मेलनलाई सम्बोधन गर्ने र बेइजिङमा राष्ट्रपति सी चिनफिङसँग औपचारिक बैठक गर्ने विषयमा पनि छलफल भएको थियो ।
भ्रमणका दौरान द्विपक्षीय सम्बन्ध सुदृढीकरणका साथसाथै ‘वन वेल्ट वन रोड’, रेल्वे, पेट्रोलियम भन्डारण, सीमापार आर्थिक क्षेत्र, भन्सारनाका एवं प्रसारणलाइनका विषयमा द्विपक्षीय छलफल हुने माओवादी केन्द्रका प्रवक्ता भुसालले जानकारी दिइन् ।
उनले भनिन्–‘प्रधानमन्त्रीको भ्रमणकाक्रममा दुई देशबीचको आर्थिक तथा सामाजिक आदान–प्रदान गर्ने तथा सन्धि–सम्झौता गर्ने तयारी भ्रमण हो । भ्रमण अवधिमा कुनै सम्झौता हुँदैन ।’ रासस
प्रतिक्रिया दिनुहोस्