Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


युवतीका साथ नारायणीमा हामफालेका सैनिक मृत भेटिए


0
Shares

नेपाली सेना र प्रहरीको संयुक्त खोजतलास टिमले उनको शव पाँच दिनपछि फेला पारेको हो ।

उनको शव बुधबार पश्चिम चितवनको काभ्रेघाटस्थित नारायणी किनारमा फेला परेको र अहिले उनको शवलाई भरतपुर अस्पतालमा राखिएको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

गएको चैत ५ गते अपराह्न चितवनको भरतपुर महानगरपालिका–१ स्थित देवघाटबाट नारायणी नदीमा एकजना किशोरीसहित सैनिक जवान सरोज पोखरेल नदीमा हामफालेका थिए । प्रहरी टोलीले महिलालाई सकुशल उद्धार गरेपनि पोखरेल बेपत्ता भएका थिए ।

चितवनको भरतपुर महानगरपालिका–२२ की १८ वर्षीया सम्झना पौडेललाई सोही दिननै उद्धार गरिएको भएपनि पोखरेल भने बेपत्ता भएका थिए ।

पश्चिम चितवनको पार्वतीपुर निवासी २२ वर्षीय पोखरेल नेपाली सेनाको विपद् व्यवस्थापन गण, रसौली, चितवनमा कार्यरत थिए । (रासस)