घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । कांकडभिट्टाबाट बुटवलतर्फ आउंदै गरेको बसले मोटरसाइललाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको हो ।
मोटरसाइकललाई ठक्कर दिएपछि बस अनियन्त्रित भई रुखमा ठोक्किएको थियो । मृत्यु हुनेमा मोरटसाइकलमा सवार लेटाङका देवेन्द्र लिम्वु र तिलक लिम्वु छन् ।
त्यस्तै वसमा सवार रुपन्देही संखरनगरका पुरुषोतम सुवेदी र टिका सुवेदी रहेको प्रहरीले जनाएको छ ।
घाइतेको झापाको दमक र विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोरङ पथरी कानेपोखरी सडकखण्डमै गएराति भएको अर्को दुर्घटना पनि एक जनाको मृत्यु भएको छ ।
बा ४० प १२९ नम्बरको मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको हो । घाइते एक जनाको भने मोरङ पथरीमा उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्