२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


भारतबाट ६ बालकको उद्धार, उद्धार गरिएकाहरु ११ देखि १५ वर्षका


0
Shares

                                                                       फाइल तस्वीर

महिला तथा बालबालिका कार्यालयको सहयोगमा ती बालकलाई बुधबार राति भारतबाट नेपाल ल्याइएको हो ।

इलाम साङरुम्बाका रोशन विक, जनकपुरका सागिर अन्सारी, झापा पृथ्वीनगरका मिलन सार्की, भद्रपुरका विवेक साह, इलाम जीतपुरका रोशन विक तथा ठेगाना बताउन नसक्ने सुदिप राई र भुवन मगरको उद्धार गरिएको महिला तथा बालबालिका कार्यालयका प्रमुख इन्दिरा ओझाले जानकारी दिइन् ।

उद्धार गरिएकाहरु ११ वर्षदेखि १५ वर्षसम्म उमेरका छन् । भारतको सिलिगुढी र न्यू जलपाइगुढीलगायत ठाउँमा अलपत्र अवस्थामा रहेका उनीहरुलाई भारतीय प्रहरीले सिलिगुढीस्थित बालगृहमा राखेको थियो । अहिले उनीहरुलाई काँकडभिट्टास्थित माइती नेपालको पुनःस्थापना गृहमा राखिएको छ । ‘ठेगाना पत्ता लागेकालाई सम्बन्धितको घरमा पुर्‍याइदिने र पत्ता लाग्न नसकेकालाई बाल गृहमा नै राख्छौँ,’ ओझाले भनिन् । (रासस)