Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


मिनिट्रक खस्दा एकको मृत्यु, पाँचजना घाइते


0
Shares

बेलकोटगढी नगरपालिका–१२ वासुकीमा बा४ख २४८४ नम्बरको मिनिट्रक बिहीबार दुर्घटना हुँदा स्थानीय ७० वर्षीय भीमनाथ रिमालको मृत्यु भएको प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए ।

कच्चीसडकमा सन्तुलन गुमाएपछि ट्रक १० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी चालक बलेकोटगढी नगरपालिका–६ का राजकुमार भुजेल, मदानपुर, वासुकीका राधाकृष्ण सिलवाल, ट्रकमा सवार सुजन पाठक, रामचन्द्र रिमाल र श्यामबहादुर तामाङ घाइते भएका छन् ।

उनीहरुको नुवाकोट सिटी अस्पताल विदुरमा उपचार भइरहेको छ । रासस