
ट्रम्पले अमेरिकिनहरुको सुखद् भविष्यका लागि दोस्रो ग्रहको खोजीअन्तर्गत् नासाका वैज्ञानिक, इन्जिनियर र खगोलविद्हरुलाई आफ्नो काममा सफलता मिलोस् भनेर २० बिलियन अमेरिकी डलर अर्थात् करिब २०० अर्ब नेपाली रुपैयाँ उपलब्ध गराउने सहमति गरेका हुन् ।
राष्ट्रपति ट्रम्पले नासा ट्रान्जिसन अर्थोराइजेसन ऐनअन्तर्गत् सन् २०१८ सम्म उक्त रकम उपलब्ध गराउने ‘बिल’मा गत मंगलबार हस्ताक्षर गरेका हुन् । यो नासालाई उपलब्ध गराइएको अहिलेसम्मकै सबैभन्दा ठूलो रकम हो ।
उक्त रकम सन् २०३० सम्ममा मंगलग्रहमा सानो मानवबस्ती निर्माणका लागि खर्च गर्ने नासाले उल्लेख गरेको छ ।
ट्रम्पले हस्ताक्षरलगत्तै ट्वीटरमार्फत् उक्त जानकारी दिँदै ‘विगत ६० वर्षदेखि वैज्ञानिकहरु अमेरिकीहरुको सुखद् भविष्यका लागि अन्य ग्रहमा मानवबस्ती बसाउन अध्ययन गरिरहेका छन्, म यहि कुराबाट प्रभावित भएर यति धेरै रकम निकासा गरेको हुँ’–उनले भनेका छन्–‘हस्ताक्षर गरेपछि खुसी भएको छु र सबै नासाका टोलीलाई सफलताको शुभकामना दिन चाहन्छु ।’
सन् २००३ मै मंगलग्रहमा रोबोट पठाइएको नासाले उल्लेख गरेको छ । त्यसपछि त्यहाँ मानवबस्ती बसाउन उपयुक्त वातावरण भएको थाहा पाएपछि नासाले ठूलो अर्बिटरी पठाएर अनुसन्धान गरिरहेको छ ।
नासाको योजनाअनुसार काम अगाडि बढे सन् २०३० सम्ममा मंगलग्रहमा सानो मानवबस्ती बसाउन वैज्ञानिकहरु सफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्