फाइल फोटो
मन्त्री डा. महतले बिहीबार नेपाल सरकारका तर्फबाट बेलायतका विदेशमन्त्री बोरिस जोन्सनलाई एक शोक सन्देश पठाइ सो घटनाको निन्दा गरेको मन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले जानकारी दिएका छन् ।
उक्त सन्देशमा परराष्ट्रमन्त्री डा. महतले सो आतंककारी घटनामा परी ज्यान गुमाउने नागरिकप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुका आफन्तजनप्रति समवेदना व्यक्त गरेका छन् ।
उनले उक्त घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
साथै, मन्त्री डा. महतले नेपाली जनता र नेपाल सरकार यस्ता आतंककारी घटनाकाविरुद्धमा र बेलायती सरकार र बेलायती नागरिकका पक्षमा दृढतापूर्वक उभिएको पनि सो सन्देशमा उल्लेख गरेका छन् ।
बेलायतको राजधानी लन्डन सहरस्थित बेलायतको संसद भवनअगाडि बुधबार भएको सो आतंककारी हमलामा परी पाँचजनाको ज्यान जानुको साथै अन्य ४० जना घाइते भएका छन् । रासस










प्रतिक्रिया दिनुहोस्