भक्तपुर, बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहीबार बसेको पार्टी स्थायी समितिको बैठकले गाउँपालिकाका प्रमुख, उपप्रमुख र नगरपालिकाका वडा उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला कमिटीले तय गर्ने निर्णय गरेको छ ।
यस्तै, नगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसमा प्रदेश कमिटीले गर्ने र उपमहानगरपालिका तथा महानगरपालिकाको उम्मेदवारको टुंगो सम्बन्धित जिल्ला कमिटी, प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले तय गर्ने कार्यविधि तय गरिएको छ ।
सबै तहको उम्मेदवारी चयन स्थानीय कमिटीकै सिफारिसमा हुने कार्यविधि तय गरिएको सचिव योगेश भट्टराईले जानकारी दिए ।
त्यसैगरी, एमालेले पार्टीप्रति प्रतिबद्ध, लोकप्रिय, इमान्दार, अनुशासित र कुनै भ्रष्टाचारको गतिविधिमा संलग्न नभएकाहरुलाई उम्मेदवार बनाउने मापदन्ड पनि तय गरेको छ ।
उम्मेदवारी चयन गर्दा समावेशीलाई पनि ध्यान दिइने निर्णय लिएको एमालेले जनाएको छ ।
यस्तै, बैठकले स्थानीय तहको निर्वाचनमा सिंगो पार्टी परिचालन गर्ने निर्णयसमेत गरेको छ ।
यसैगरी, बागी ‘विद्रोही’ उम्मेदवारी दिनेलाई ‘ठाउँका ठाउँ’ कारबाही गर्ने नीति बनाइएको पनि एमालेले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्