गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी बेलायती सैनिकसरहको सुविधा नेपालमै उपलब्ध गराउने पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको हो ।
नेपाल सरकारले भूपू गोर्खाहरुलाई स्वदेशमा फर्कने वातावरण बनाउनसके बेलायत पुगेका हजारौं भूपूसैनिक नेपाल फर्कने दाबी पनि सो संगठनले गरेको छ ।
गोरखा सैनिकमा रहेकाहरुका लागि दोहोरो नागरिकताको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।
मागहरुको सम्बोधन नभए मागहरुलाई अन्तर्राष्ट्रिकरण गरी आन्दोलन सुरु गर्ने चेतावनीसमेत दिइएको छ ।










प्रतिक्रिया दिनुहोस्