भारतको सितामढीमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भई उपचाररत उनको राति पौने ९ बजे ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा निधन भएको हो ।
सर्लाही निवासी ४६ वर्षीया सांसद दुलारी देवी एमालेको समानुपातिक सांसद थिइन् । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज पार्टी कार्यालय धुम्बाराहीमा राखिने एमालेले जनाएको छ ।
२०२७ साल वैशाख ३ गते सर्लाहीको ब्रम्हपुरीमा जन्मिएकी दुलारी देवीका श्रीमान्, दुई छोरा र दुई छोरी छन् । २०५२ सालदेखि उनी एमालेका विभिन्न जनवर्गीय संगठनमा रहेर राजनीति गर्दै आएकी थिइन् ।










प्रतिक्रिया दिनुहोस्