द्वन्द्वपीडित समुदायको अगुवाईमा भएको धर्नामा उनीहरुले द्वन्द्वकालमा बेपत्ता भएका, मारिएका र घाईतेहरुको अवस्था सार्वजनिक नभएको भन्दै सत्यतथ्य बाहिर ल्याउन माग गरे ।
उनीहरुले न्यायको माग गर्दै लामो समयदेखि आन्दोलनरत गंगामाया अधिकारीको अवस्थाप्रति सरकारले बेवास्ता गरेको आरोपसमेत लगाए । सशस्त्र द्वन्द्वकालमा घाईते भएकाहरुको उपचार हुन नसकेको भन्दै अधिकारकर्मीहरुले मानव अधिकारको उल्लंघनका घटनामा सरकार पनि दोषी रहेको आरोप लगाए ।
कार्यक्रममा पीडित गंगामायाले ‘न्यायको आश’ नामक पुस्तकसमेत विमोचन गरेकी थिइन् । पुस्तकमा सशस्त्र द्वन्द्वकालमा भएका १६ वटा प्रतिनिधि घटना समावेश गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्