Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


युवा सहभागिताको अभावमा लामा जातिको परम्परागत पर्व संकटमा


0
Shares

जिल्लाको बरगाउँ गाविसमा चार दिनसम्म धुमधामसम्म मनाइने यो पर्व खल्लो बन्दै गएको स्थानीय बासिन्दा बताउँछन् । माने पर्वमा आफन्तलाई घरमा बोलाउने र नाचगान गरी रमाईलो गर्ने चलन छ ।

आफन्तलाई बोलाएर रातो काम्लो ओढाउने चलन रहेको स्थानीय छिरिङ लामाले जानकारी दिए ।

चार दिनसम्म खेतवारीको कामलाई थाँती राखेर मनाईने यो पर्वमा पछिल्लो समयमा महिला र बालबालिकाको मात्रै बढी सहभागिता हुने गरेको छ । विगतका वर्षहरुमा भव्य रुपमा मनाईने माने पर्व अहिले संस्कृति जगेर्नाका लागिमात्र सिमित हुन थालेको छ ।

यो पर्वमा युवाहरुले गीत गाउन, पूजा गर्न छाडेकाले रौनक नै घटेको स्थानीयबासी छिरिङ लामाले बताए । हुम्लाको बरगाउँमा मनाईने माने पर्व फागुन वा चैतमा स्थानीय पुजारीले निर्धारण गरे बमोजिमका दिनमा मनाईन्छ ।