२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


मोसूल शहरमा दुई सय सर्वसाधारण मारिएकोमा राष्ट्रसंघको चिन्ता


0
Shares

अमेरिकी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई कार्वाहीमा दुई सयभन्दा बढी मानिस मारिएको खबर सार्वजनिक भएपछि राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो ।

इस्लामिक स्टेटको कब्जामा रहेको उक्त क्षेत्र आफ्नो नियन्त्रणमा ल्याउनका लागि इराकी सैनिक लागिरहेका छन् । जसमा अमरिकी युद्धक विमानले सघाइरहेको छ ।

एउटा घरबाट मात्र ५० शव निकालिएको दावी गरिएको छ । जहाँ मार्चको शुरुवातमा हवाई आक्रमण गरिएको बताइएको छ ।

मोसुल सन् २०१४ देखि आईएसको कब्जा रहेको छ । राष्ट्रसंघले मोसूलको पुरानो शहरमा करिब चार लाख सर्वसाधारण फसेको आशंका गरेको छ । एक लाख ८० हजारभन्दा बढीले त शहर छाडिसकेका छन् ।(एजेन्सी)