हनुमानढोकाबाट सुरु भएको र्याली कमलपोखरी पुगेर समापन भएको थियो ।
र्यालीमा गणेश, शिव, हनुमान, श्याम बाबा, दुर्गा माता, राणी सती दादीको प्रतिमासहितको झाँकी निकालिएको थियो । जसमा ५ सय ५१ जना महिलाले कशलयात्रा गरेका थिए ।
राणी सती सेवा संघको रजतजयन्तीमा सहभागी हुन भारतबाटसमेत ३५० जना भक्तजन नेपाल आएका छन् भने नेपालका ३५ सय मारवाडी समुदायका मानिस सहभागी छन् ।
संघले शनिबार र आइतबार विभिन्न कार्यक्रम गरेर रजनजयन्ती मनाउँदै छ । कार्यक्रमका लागि राणी सती सेवा संघ काठमाडौंले कमलपोखरी सफा गराएको छ ।
कमलपोखरीमा गणगौर उत्सव, दीपो उत्सव, आरती, प्रवचन र फूलको होली हुने कार्यक्रम छ ।
ऐतिहासिक कमलपोखरीलाई विश्वसामु चिनाउन र पर्यटक आकर्षण गर्नका लागि कमलपोखरीमै कार्यक्रम गरिएको संघले जनाएको छ ।
राणी सती देवीलाई मारवाडी समुदायले आफ्नो कुल देवताकोरुपमा पुज्दै आएका छन् ।










प्रतिक्रिया दिनुहोस्