Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


भारतीय सेनाध्यक्ष रावत चारदिने भ्रमणका लागि नेपाल आउँदै


26
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आगामी बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाको परमाधिपति हुन् ।

नवनियुक्त भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी तथा नेपाली सेनाका नवनियुक्त प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।

भारतीय सेनाको २७औं सेनाध्यक्षकारुपमा रावत सन् २०१६ डिसेम्बर ३१ मा नियुक्ति भएको थियो ।

उनले यसअघि भारतीय सेनाका गोर्खा रेजिमेन्ट्को प्रमुखकारुपमा जिम्मेवारी सम्हालिसकेका छन् ।

नेपालमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँण, समकक्षी नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

भारतीय सेनाध्यक्षले नेपाल भ्रमणकाक्रममा पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्नुका साथै पोखरास्थित भारतीय सैनिकको पेन्सन क्याम्पकोसमेत भ्रमण गर्नेछन् । रासस