नेपालको धार्मिक पर्यटन अभिवृद्धि गर्ने उद्देश्यले बिहीबार काठमाडौं आएका पण्डितले प्राचीन सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
विश्व परिवेशमा विकास भएका प्रविधि, आणविक हतियार तथा आतंकवादले अहिले अन्तर्राष्ट्रिय क्षेत्रलाई चुनौती थपेको बताउँदै उनले शान्तिकायम गर्न नैतिक शिक्षाको खाँचो रहेको औंल्याए ।
आइल्यान्ड इन्र्टटेनमेन्ट प्रालिले पण्डितको नेपाल भ्रमणलाई संयोजन गरेको छ ।
यसअघि, उनले पशुपतिनाथको मन्दिरमा दर्शन तथा पूजा गरेको कार्यक्रमका संयोजक सुदर्शन शर्माले जानकारी दिए ।
हरियाणामा जन्मिएका ९ वर्षीय पण्डितले अंग्रेजी भाषामा अन्तरक्रिया गरेका थिए । रासस










प्रतिक्रिया दिनुहोस्