Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


प्रधानमन्त्री दाहाल बेइजिङमा, ‘सडकको एक खन्ड पूरै खाली गराएर स्कर्टिङ’


0
Shares

साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्रीलाई चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवं नेपाली राजदूतावासका कर्मचारी, नेपाली व्यवसायी एवं विद्यार्थीले बेइजिङ विमानस्थलमा स्वागत गरेका थिए ।

प्रधानमन्त्रीलाई बेइजिङस्थित दियाओयुताई स्टेट गेस्टहाउसमा बस्ने व्यवस्था मिलाइएको छ ।

विमानस्थलदेखि गेस्टहाउससम्म पुग्ने सडकको एक खन्ड पूरै खाली गराएर प्रधानमन्त्रीको स्कर्टिङ गरिएको प्रधानमन्त्री दाहालका स्वकीयसचिव प्रकाश दाहालले जानकारी दिए ।

प्रधानमन्त्री दाहाल शनिबारै बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् भने नेपाली समुदाय तथा दूतावासमा निम्त्याइएका नेपाली समुदाय तथा व्यापारी व्यवसायीलाई सम्बोधन गर्नेछन् ।

आइतबार चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवं उच्च नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यस्तै, सोमबार उनले चिनियाँ राष्ट्रपति सी जिन पिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शनिबार बिहान एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा सम्बोधनपश्चात चीनको बोआओ सहरबाट शनिबारै बेइजिङ पुगेका हुन् । रासस