२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


कंगोमा विद्रोहीद्वारा ४० जना सुरक्षाकर्मीको शीर छेदन गरी हत्या


0
Shares

कंगोको कसाईमा प्रहरीलाई धरापमा पारी शीर छेदन गरी हत्या गरिएको हो । प्रहरीको बन्दोबस्तीको सामान बोकेको गाडीलाई विद्रोही समूह कामविना नासापुले धरापमा पारेको हो ।

उक्त गाडीमा ४६ जना प्रहरी रहेकामा ६ जनालाई भने मुक्त गरेको कंगोका अधिकारीहरुले जनाएका छन् ।

गत अगष्टमा विद्रोही समूह कामबिना नासापुका नेता मारिएपछी आक्रोशित बनेको सो समूहले सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण जारी राखेका छन् ।

संयुक्त राष्ट्रसंघले जनाए अनुसार उनी मारिएपछी कंगोको कसाईमा मात्रै ४ सय मानिस मारिएको र द्वन्द्वकै कारण २ लाख बिस्थापित भएका छन् ।(एजेन्सी)