Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


म्यादी प्रहरीका लागि आवेदन माग, धनकुटामा भीड


0
Shares

करिब पाँच सय कोटाका लागि धनकुटामा म्यादी प्रहरीको आवेदन माग गरिएको हो ।

निर्वाचनमा खटिने म्यादी प्रहरीलाई पनि प्रहरी जवान सरह पोसाक, तलब भत्ता र राशन उपलब्ध गराइने भएपछि धनकुटामा अधिकांश विद्यार्थीको दरखास्त परेको छ ।

तीन दिनको अवधिमै पाँच सयभन्दा बढीको आवेदन परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

धनकुटामा छनोट भएका म्यादी प्रहरीलाई कोशी अञ्चलका जुनसुकै जिल्लामा खटाउन सकिने जनाइएको छ ।

म्यादी प्रहरीले नेपाल प्रहरी, शसस्त्र र नेपाली सेनासँगै मतदान स्थलमा निर्वाचन सुरक्षाको लागि तथा स्थानीय स्तरमा समन्वयको काम गर्नुपर्ने छ ।