Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


‘सरकारी शिक्षण संस्थाहरुको कमजोरीका कारण निजी विद्यालयहरुको ब्रम्हलूट’


0
Shares

रफत सन्चार क्लबले सोमबार भक्तपुरमा गरेको साक्षात्कारमा नेपाल अभिभावक संघ, प्याब्सन र एन प्याब्सनका पदाधिकारीले ‘शिक्षा क्षेत्रमा सरकारी लगानी बालुवामा पानी खन्याएर सरह’ भएको बताए ।

कार्यक्रममा अभिभावका संघ नेपालका अध्यक्ष केशव पुरीले सरकारी शिक्षण संस्थाहरुको कमजोरीका कारण निजी विद्यालयहरुले ब्रम्हलूट गर्दै आएको बताए ।

प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले नेपालको भूगोलअनुरुपको शिक्षा प्रणाली लागू गर्न नसक्दा समस्या देखिएको बताए ।