Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


प्रधानमन्त्री दाहाल ल्हासामा


0
Shares

सिचुवान प्रान्तको राजधानी छन्दुबाट मंगलबार बिहानै ल्हासा आएका उनले तिब्बत परिषद्का अध्यक्ष क्विइ जिनसँग द्विपक्षीय सम्बन्धबारे छलफल गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमन्डलसँग भएको सो छलफलमा द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा कुराकानी भएको बताइएको छ ।

यसअघि, तिब्बतस्थित नेपालका महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध र यसका लागि महावाणिज्यदूतावासले निर्वाह गरेको भूमिकाका विविध पक्षबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराएका थिए ।

ल्हासा विमानस्थल पुग्दा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमन्डललाई महावाणिज्यदूत कार्कीसहित महावाणिज्यदूतावासका उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए ।

प्रधानमन्त्री दाहाल बुधबार बिहान स्वदेश फर्कने कार्यक्रम छ । रासस