बाग्लुङ नगरपालिका–२ मा निर्माण हुन लागेको आधुनिक सूचना केन्द्रसहितको भवन लागि अभियानमा शुभारम्भको पहिलो दिन १० लाख ३० हजार रुपैयाँ संकलन भएको नेपाल पत्रकार महासंघ बाग्लुङ शाखाले जनाएको छ ।
भवन निर्माणका लागि महासंघको पदाधिकारीले न्यूनतम २० हजार, सल्लाहकारले १० हजार, कार्यसमिति सदस्य, केन्द्रीय सभासदले न्यूनतम् ५ हजार, प्रदेश सभासदले ३ हजार र साधारण सदस्यले न्युनतम १ हजार प्रदान गर्ने गरेको निर्णय गरेको थियो । महासंघ शाखामा हाल १ सय ८१ जना पत्रकार आबद्ध छन् ।










प्रतिक्रिया दिनुहोस्