Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


सर्वोच्चद्वारा उच्च अदालतमा ८० न्यायाधीश नियुक्तिको फाइल मगाउने आदेश


0
Shares

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले बुधबार उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्दाका निर्णयका फाइलहरु मगाउने आदेश जारी गरेको हो ।

न्याय परिषद्लाई विपक्षी बनाइ मंगलबार नायब महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेलले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइमा सो आदेश जारी भएको हो ।

रिट निवेदनमा उच्च अदालतमा न्यायाधीश नियुक्त गरिँदा सरकारी वकिलहरुबाट असाध्यै कम र वरिष्ठतालाई नहेरी न्यायाधीश नियुक्ति गरिएको उल्लेख छ ।

गत पुस २८ गते न्याय परिषद्ले उच्च अदालतका लागि ८० जना न्यायाधीशको नियुक्ति गरेको थियो ।

जिल्ला न्यायाधीशबाट ३७, नेपाल बार एसोसिएसनबाट २७ तथा सहसचिव र विशिष्ट श्रेणीका १६ जना (कानुन, न्याय र सरकारी वकिल समूह) नियुक्त भएका थिए ।

तर, त्यसमा सरकारी वकिलका तर्फबाट एकजनाकोमात्रै प्रतिनिधित्व भएको थियो ।

सरकारी वकिलका तर्फबाट एकजनामात्रै न्यायाधीशमा प्रतिनिधित्व गराइएकामा सरकारी वकिलहरुले यसअघि पनि विरोध जनाएका थिए । रासस