दिपायलस्थित बाइसधारा क्षेत्रमा नुहाउनेक्रममा अत्तरिया नगरपालिका–१३ का प्रेम बोहराका १७ वर्षीय छोरा निराजन बोहरा बेपत्ता भएको थाहा भएको छ ।
बुधबार दिउँसो करिब साढे २ बजेतिर उनी दिपायलबाट बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायब निरीक्षक दिलबहादुर कुँवरले जानकारी दिएका छन् ।
यस्तै, बुधबारै दिउँसो शिखर नगरपालिका–१ गेरुपानीबाट सेती नदीमै बगेर भारत, सैदानपुर, उत्तर प्रदेशका २४ वर्षीय विनोद कुमार बेपत्ता भएका छन् ।
बेपत्ता दुबैकोे खोजी भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्