Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


नेपालको शान्ति प्रक्रिया बुझ्न आएको म्यानमारको टोलीसँग प्रधानमन्त्रीको अन्तर्क्रिया


0
Shares

नेपालको शान्ति प्रक्रियाबारे जानकारी लिन आएको म्यानमारको शान्ति टोलीसँगको अन्तर्क्रियामा प्रधानमन्त्री दाहालले राजनीतिक उद्देश्यका लागि गरिने शान्ति प्रक्रियामा फौजी व्यवस्थापन जरुरी हुने बताए ।

जुनसुकै देशको शान्ति प्रक्रियामा पनि आफ्ना मौलिक विशेषताहरु हुने भएकाले विद्रोह र आन्दोलनलाई शान्ति प्रक्रियामार्फत् सम्बोधन गर्न सकिने उनले बताए । जनतासँग असम्बन्धित विषयलाई भने कानुनी प्रक्रियाबाटै टुंगो लगाउनुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रियाका बारेमा कतिपय मुलुकले बोल्न आनाकानी गरेकोमा चिन्ता व्यक्त गरे । उनले विगत ७३ वर्षदेखि शान्तिप्रक्रियाको क्रममा रहेको म्यानमारले नेपालबाट पाठ सिक्न सुझावसमेत दिए ।

कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुंगानालगायतले नेपालको शान्ति प्रक्रियाबारे म्यानमारका प्रतिनिधिहरुलाई जानकारी गराएका थिए ।