Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


परराष्ट्रमन्त्री महतसँग भारतीय राजदूतको भेट


0
Shares

भेटकाक्रममा नेपाल र भारतको आपसी सम्बन्धका साथै नेपालको पछिल्लो राजनीतिक अवस्थाकाबारेमा कुराकानी भएको थियो ।

भेटमा परराष्ट्रमन्त्री महतले स्थानीय तहको निर्वाचनको तयारी व्यापकरुपमा सरकारले गरिरहेको र त्यसमा सबै राजनीतिक दललाई समेटेर निर्वाचनमा सहभागी गराउने गृहकार्य भइरहेको बताए ।

विकास प्रयासलगायत नेपालको बृहत्तर हितमा पुर्‍याउँदै आएको सहयोगप्रति मन्त्री महतले राजदूत पुरीमार्फत् भारत सरकारलाई धन्यवाद ज्ञापन गरे ।

मन्त्री महतले पुरीको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरे ।

राजदूत पुरीले नेपाल र भारतबीचको सदियौं पुरानो सम्बन्धको स्मरण गर्दै आफ्नो कार्यकालमा दुई देशको सम्बन्धलाई थप मजबुत् बनाउन आफूले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस