Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


मान्छे मार्ने बाघ नियन्त्रणमा लिन टोली परिचालन


0
Shares

                                                                                  फाइल फोटो
बाघ नियन्त्रणमा लिन चिकित्सक र प्राविधिक टोली हात्तीसहित परिचालन गरिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।

बाघलाई ‘डाट’ गरी निकुञ्जमा ल्याएर छाड्न टोली पठाइएको हो । निकुञ्जबाट पशु चिकित्सक डा. अमिर षडौला तथा पशु सहायक पुरुषोत्तम पाण्डेसहित २० जनाभन्दा बढी प्राविधिक र ६ ओटा हात्ती पठाइएको उनले बताए ।

बाघ नियन्त्रणका लागि नवलपरासीको भेडाबारी सामुदायिक वन र नारायणी सामुदायिक वनमा दुईओटा पाडो बाँधेर राखिएपनि बिहीबार बिहानसम्म बाघ फेलापार्न नसकिएको अर्यालले जानकारी दिए ।

गाउँक्षेत्रमा आतंक मच्चाउँदै आएको उक्त बाघले गएको फागुन २ गते नवलपरासीको नन्दन सामुदायिक वनमा र चैत ८ गते भेडाबारी सामुदायिक वनमा दुईजनालाई आक्रमण गरी मार्नुका साथै दर्जनांै पशु–चौपाय खाएको मुकुन्दसेन इलाका वन कार्यालय गैंडाकोटका प्रमुख तथा सहायक वन अधिकृत ईश्वर वाग्लेले जानकारी दिए ।

तीन दिनदेखि पाडो राखेर जंगलमा खोजिएपनि फेला नपारिएकाले बिहीबार पनि खोजी टिम जंगलमै रहेको वाग्लेले जानकारी दिए । रासस