फाइल फोटो
नेकपा एमालेको तर्फबाट २०७० सालको संविधानसभा निर्वाचनमा सर्लाही जिल्लाबाट समानुपातिक सदस्यमा निर्वाचित भएकी सांसद देवीको यही चैत १० गते निधन भएको थियो ।
भारतको सीतामढीमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकी ४६ वर्षीया सांसद देवीको ललितपुरस्थित बीएन्डबी अस्पतालमा उपचारकोक्रममा निधन भएको हो ।
संसदले उनको असामयिक निधन भएकामा गहिरो शोक प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोकप्रस्ताव पारित गरेको हो ।
बैठकले शोकसन्तप्त परिवारप्रति समवेदनासमेत प्रकट गरेको छ । उनले नेपालको संविधान निर्माणमा महत्वपूर्ण योगदान पुर्याएकी थिइन् । उनको आत्माको चिरशान्तिको कामनासहित बैठकमा एक मिनेट मौनधारणसमेत गरिएको थियो ।
बिहीबारको बैठकको प्रारम्भमै सभामुख ओनसरी घर्तीले उनको निधनसम्बन्धी शोकप्रस्ताव प्रस्तुत् गरिन् ।
व्यवस्थापिका–संसदको बैठकमा शोकप्रस्ताव पारित भएपछि अरु कार्यसूची नराखिने प्रचलन रहिआएको छ ।
व्यवस्थापिका–संसदको अर्काे बैठक यही चैत २५ गते शुक्रबार दिनको १ बजे बस्नेछ । रासस









प्रतिक्रिया दिनुहोस्