Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


राज्यमन्त्री मेहताले गरे निर्वाचन आचारसंहिता उल्लंघन


0
Shares

निर्वाचन आयोगले बहालवाला मन्त्रीलाई कुनैपनि पार्टीको सभा–सम्मेलनमा जान प्रतिबन्ध लगाएको भएपनि राज्यमन्त्री मेहता बिहीबार गृहजिल्ला सुनसरीमा आयोजित कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ को क्षेत्रीय सम्मेलनमा सहभागी भएका हुन् ।

इनरुवामा भएको सभामा उनले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई मत दिन आग्रह गरेका थिए ।

निर्वाचन आयोगले आगामी वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि आचारसंहिता जारी गरिसकेको छ ।