Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


डोटीमा जिप दुर्घटनामा दुई महिला गम्भीर घाइते


0
Shares

सिलगढीबाट चौखुट्टेतर्फ जाँदै गरेको बा१ज ३०६३ नम्बरको जिप पूर्वीचौकी गाउँपालिका–१ खिरसैन, कडालगाउँमा दुर्घटना हुँदा सोही गाउँपालिका पोखरीगाउँका १५ वर्षीया जानकी ऐर र २२ वर्षीया मौरी बिक घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई जिल्ला अस्पताल सिलगढीले कोहलपुर मेडिकल कलेज नेपालगन्ज पठाएको छ ।

जिपमा रहेका अरु १० जना सामान्य घाइते भएका र उपचारपछि घर फर्किएका जनाइएको छ ।