
काठमाडौं, फागुन १३ । साना किसान बैंक, नेपाल कृषि सहकारी संघ र साना किसान सहकारी संस्थाहरुको आयोजनामा साना किसान सम्मेलन २०७५ को आयोजना हुने भएको छ ।
साना किसान विकास लघुवित्त संस्था लिमिटेडले सोमबार पत्रकार सम्मेलन गरेर साना किसान सम्मेलनबारे जानकारी गराएको हो ।
‘साना किसानको समृद्धि, कृषिमा रुपान्तरण र उद्यमशीलताको विकास’ भन्ने नाराका साथ किसानहरुको उद्यमशीलता प्रवर्द्धन गर्नका लागि सम्मेलन गर्दै आएको आयोजकको भनाइ छ ।
साना किसानहरुको उद्यमशीलता वृद्धि गरी किसानहरुको संस्थागत दिगो विकासमा सहयोग गरी कृषि उत्पादनमा वृद्धि गर्ने, बजारीकरण गर्ने सम्मेलनको उद्देश्य रहेको छ ।
साना किसान सम्मेलन २०७५ मूल आयोजक समितिका अध्यक्ष श्रीकृष्ण उपाध्यायले साना किसान सम्मेलनले नयाँ युवा पुस्ताहरुलाई उद्यमशीलतातिर लैजान सहयोग गर्दै उत्पादनमा वृद्धि गर्न सहयोग गर्ने दाबी गरे ।
राजधानीमा यही फागुन १६ र १७ गते दुई दिनसम्म चल्ने सम्मेलनमा देशैभरि रहेका कृषि सहकारी संस्थाहरुको सहभागिता रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्