विद्यालय भवन पुनर्निर्माण नहुँदा विद्यार्थीहरु अझै त्रिपालमुनि बसेर अध्ययन गर्न बाध्य छन् । भवन नभएका कारण लापा, तिप्लिङ, झार्लाङ र सेर्तुङ गाउँका सबैजसो विद्यालय त्रिपालकै भरमा सञ्चालनमा छन् ।
कतिपय विद्यालयले त खुला स्थानमै कक्षा सञ्चालन गराउँदै आएका छन् । अस्थायी त्रिपाल मुनि नै बसेर कक्षा सञ्चालन गर्नुपर्दा सामान्य पानी पर्दा र हावाहुरी आउँदासमेत विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको शिक्षकहरु बताउँछन् ।
भत्किएका विद्यालय भवन पुनर्निर्माण गर्न सरकारी तबरबाट कुनै पनि सहयोग नभएको अभिभावकहरुको गुनासो छ । विद्यार्थीलाई बस्ने डेक्स÷बेन्चसमेत नभएका कारण उनीहरु भुईंमै बस्न बाध्य छन् ।










प्रतिक्रिया दिनुहोस्