Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


अखिल नेपाल भिक्षु महासंघको नयाँ कार्यकारिणी समिति गठन, अध्यक्षमा भिक्षु मैत्री महास्थविर


0
Shares

उपसंघनायक भिक्षु ज्ञानपूर्णिक महास्थविरको सभापतित्वमा सम्पन्न महासंघको १९ औं अधिवेशनले पदाधिकारीहरु सर्वसम्मतिले र ९ जना सदस्य निर्वाचन प्रक्रियाबाट निर्वाचित भएका हुन ।

चार वर्षका लागि निवाचित नयाँ कार्यकारिणी समितिका उपाध्यक्षमा भिक्षु सुमेध महास्थविर तथा भिक्षु धर्ममूर्ति महास्थविर, महासचिवमा भिक्षु कोण्डन्य महास्थविर, सचिवमा भिक्षु राहुल महास्थविर, कोषाध्यक्षमा भिक्षु बोधिज्ञान महास्थविर र सदस्यहरुमा भिक्षु शीलभद्र महास्थविर, भिक्षु भद्दिय महास्थविर, भिक्षु तपस्सीधम्म महास्थविर, भिक्षु पञ्ञासार स्थविर, भिक्षु पञ्ञारत्न स्थविर, भिक्षु सरणंकर स्थविर, भिक्षु पियदस्सी स्थविर, भिक्षु अशोक स्थविर तथा भिक्षु आचारो स्थविर निर्वाचित भएका हुन ।

महाधिवेशनमा महासचिव भिक्षु कोण्डन्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विधान संशोधन प्रस्ताव, नेपाल बौद्ध परियत्ति सम्बन्धी केन्द्रीय परीक्षा नियन्त्रक भिक्षु बोधिज्ञानले आर्थिक प्रतिवेदन र लुम्बिनीमा हाल निर्माण भइरहेको थेरवाद विहारका सम्बन्धमा भिक्षु धर्ममूर्ति महास्थविरले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

महाधिवेशन आवश्यक संशोधन प्रस्तावसमेत पारित गरेको थियो । काठमाडौंको विश्व शान्ति विहारमा चैत १६ र १७ गते १९ औं महाधिवेशन सम्पन्न भएको थियो ।