नारायणी नदीको किनारमा रहेको सो गेष्ट हाउसमा ‘एसि’ सहितका पाँचवटा र ‘एसि’ रहित ११ वटा कोठा छन् । यसअघि सो गेष्ट हाउसमा पत्रकारलाई ३० प्रतिशत छुट दिइँदै आएको थियो ।
नेपाल पत्रकार महासंघ चितवन शाखाको नवनिर्वाचित कार्यसमिति र पार्षदकालागी शुक्रबार (आज) आयोजना गरिएको बधाई तथा स्वागत कार्यक्रममा संघका अध्यक्ष राजन गौतमले सो घोषणा गरेको हो ।
सो अवसरमा उनले समाचार संकलन गर्न देशका जुन कुनै कुनाबाट चितवन आउने पत्रकारलाई सो सुविधा प्रदान गरिने बताए ।
पार्किङसहितकोे गेष्ट हाउसमा रहेका ‘एसि’सहितको कोठालाई रु एक हजार ५०० देखि रु एक हजार ७५० सम्म र ‘एसि’ नभएका कोठालाई रु नौ सय भाडा लिने गरिएको छ ।
उक्त सुविधासँगै बाहिरी जिल्लाबाट चितवन आउने पत्रकार प्रत्यक्ष रुपमा लाभान्वित हुने पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा बताउंछन् । रासस










प्रतिक्रिया दिनुहोस्