Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


सबै शक्ति एकजुट भएर आए पनि एमाले एक्लै भिड्न तयार छः अध्यक्ष ओली


0
Shares

एमाले कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले एमालसंग डराएरै चुनाव भाँड्ने षडयन्त्र पनि भइरहेको जिकीर गरे ।

केही शक्तिहरु व्यक्तिगत स्वार्थका लागि चुनाव भाँड्ने र अस्थिरता लम्ब्याउने खेलमा लागेको भन्दै ओलीले घरभित्रको झगडा लिएर विदेशी सामु लम्पसार पर्नेहरुले देशलाई बर्वाद गर्न खोजेका छन् भने ।

सरकारले नेपाल प्रहरीको महानिरीक्षक समेत नियुक्त गर्न नसक्ने सरकारको औचित्य सकिएको भन्दै उनले लामो समयदेखि महालेखा परिक्षक र अख्तियारमा आयुक्तहरु समेत नियुक्त हुन नसकेको बताए ।