Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


क्वारेन्टिनबाट घर गएका ४५ बर्षीय पुरुषको मृत्यु


0
Shares

बर्दिया, असार ५ । बर्दियाको क्वारेन्टिनबाट घर गएका एक जनाको ज्यान गएको छ ।
आरडीटी रिपोर्ट नेगेटिभ आएपछि क्वारेण्टीनबाट घर पठाइएका ४५ वर्षीय एकजनाकोे बर्दिया अस्पताल लैजाने क्रममा गएराति बाटोमै ज्यान गएको हो ।
मृतक जिल्लाको बारबर्दिया नगरपालिका–३ मा रहेको क्वारेण्टीनबाट बिहिवार घर गएका थिए ।
उनलाई घर गएकै राति छाती दुखेर श्वास फेर्न कठिन भएपछि युवकलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया लैजान लागिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यलय गुलरियाका प्रमुख गोकर्ण गिरिले मृतकको स्वाब परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको र साँझसम्म स्वाब परीक्षण रिपोर्ट आउने र परीक्षण रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गरिने प्रमुख गिरिले बताए ।
मृतक दुई हप्ताअघि काठमाण्डौबाट नेपालगन्ज हुँदै बर्दिया आएका थिए ।
उनी १४ दिन क्वारेन्टीनमा बसेर आरडीटी परीक्षणको नतिजा नेगेटिभ आएपछि मात्रै घर फर्किएका थिए ।