Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


बंगालको जलवास्पयुक्त हावाले मौसम बदली, हल्का वर्षाको सम्भावना


0
Shares

                                                                                     फाइल फोटो

उक्त जलवास्पयुक्त हावाको साथै पश्चिम बंगाल, भारतको बिहार र नेपालको पूर्वी भेगमा न्यूनचापीय क्षेत्रको विकास भएका कारण मौसम बदलीसँगै विभिन्न भेगमा वर्षा गराएको मौसमविद् वरुण पौडेलले राससलाई जानकारी दिए ।

‘यो केही दिन रहन्छ, काठमाडौं उपत्यकासहित पूर्वी र मध्यभेगमा दिउँसो र साँझपख हल्का वर्षात् हुने सम्भावना छ, पश्चिमी भेगमा कुनै समस्या छैन’–उनले भने ।

यसअघि, पश्चिमी वायु र स्थानीय वायुको समिश्रणले साता दिन बढी मौसम बदलीसँगै देशका पूर्वी र मध्यभेगका विभिन्न स्थानमा वर्षा भएको थियो ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार शनिबार काठमाडौंको अधिकतम् तापक्रम २८ र न्यूनतम् १६ डिग्रिसेल्सियस रहेको छ । रासस