Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


काठमाडौंका यी ६ स्थान निषेधित क्षेत्र तोकियो


0
Shares

                                                                                     फाइल फोटो
जिप्रकाले आइतबार सूचना जारी गर्दै शीतल निवास, महाराजगन्ज, प्रधानमन्त्री निवास, बालुवाटार, संसद भवन नयाँबानेश्वर, सिंहदरबार, उपराष्ट्रपति निवास लैनचौर, निर्वाचन आयोग बहादुरभवन वरपरका क्षेत्रमा निषेधित क्षेत्र तोकेको हो ।

जिल्ला सुरक्षा समितिको पुस २० र चैत ९ गतेको सिफारिस तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० बमोजिम अर्को आदेश नभएसम्मका लागि प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीबाट कुनै किसिमको जुलुस, प्रदर्शन, धर्ना, घेराऊजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र तोकिएको सूचनामा उल्लेख छ । रासस