Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


‘चःमति नेवाः सनिल’ हुने


0
Shares

काठमाडौंमा आइतबार (आज) आयोजित पत्रकार सम्मेलनमा नेपाल पज्ञा प्रतिष्ठानमा हुने उक्त कार्यक्रममा वरिष्ठ गायक जुजुकाजी रंजितलाई ‘चःमति नेवाः संगीत सम्मान’बाट सम्मानित गरिने जानकारी गराइएको छ ।

उक्त कार्यक्रममा गायक रंजितका साथै सरस्वती मानन्धर, संगीता थापा शाक्य, सानुबाबु महर्जन, निसा देसार, सतिस महर्जन, माणिक शाही, रत्नशोभा महर्जन, दीपा महर्जन, उत्तम महर्जन, बिरज महर्जन, रोजी श्रेष्ठ र सरीता महर्जनले गीत प्रस्तुत गर्नेछन् ।

त्यस्तै नेपाः डान्स एकेडेमीका कलाकारहरुले नृत्य प्रस्तुत गर्नेछन । साथै १७ जना वरिष्ठ संगीतकारहरुको वादनमा गीत प्रस्तुत गरीने छ ।

उक्त कार्यक्रममा गीतकार पूर्णकाजी ज्यापुको एकल रचना तथा संगीतकार जुगल डंगोलको एकल संगीतमा सिर्जित गीतहरु प्रस्तुत गरिनेछ ।

२०५४ सालमा स्थापित चःमति नेवाः खलःले सांगीतिक कार्यक्रम ‘चःमति सनिल’ तथा यःमरि पूर्णिमाको अवसरमा ‘त्यःछ्रित्यः सनिल’ आयोजना गर्दै आएको छ । यसका साथै विभिन्न अवसरमा मोटरसाइकल र्‍यालीका साथै वसुन्धरा पूजा जस्ता सांस्कृतिक महत्वका कार्यक्रमहरु गर्दै आएको छ ।