अग्रशील महिला संस्था (लिडिङ वूमेन एशोसिएसन), राष्ट्रिय उपभोक्ता मञ्च तथा सजेना क्राफ्टले संयुक्त रुपमा आगामी चैत्र २५ गते शुक्रबार पाटन म्यूजियममा उक्त कार्यक्रम आयोजना हुने भएको हो ।
आइतबार (आज) आयोजित पत्रकार सम्मेलनमा जापानी राजदूत मासासी ओगावाको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना हुने जानकारी गराइएको छ ।
आयोजक संस्था लिडिङ वूमेन एशोसिएसनले महिलाहरुको सशक्तिकरण एवं सीप विकासका कार्यक्रम संचालन गर्दै आएको छ । त्यस्तै सजेना क्राफ्टले वन्दी महिलाहरुले उत्पादन गरेका सामग्रीको खरिद गर्ने जनाएको छ ।
कार्यक्रममा लोकप्रिय गीतहरु साथै रुद्राक्ष ब्याण्डद्वारा जलतरंगमा लोक तथा शास्त्रीय धुन प्रस्तुत गर्नेछ । साथै स्वजन रघुवंशी र समूहले प्रसिद्ध चर्या नृत्यहरु प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा बालकलाकारहरु टुलिप श्रेष्ठ र सजेना चित्रकारको नृत्य प्रस्तुति रहने आयोजकले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्