Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


त्रिभुवन विमानस्थलको धावनमार्गमा रहेको ड्रेनभित्र चितुवा पसेपछि…


0
Shares

                                                                                    फाइल फोटो
सोमबार बिहान ८ बजे एक्कासि चितुवा ड्रेनभित्र छिरेपछि समस्या परेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता प्रेमनाथ ठाकुरले बुद्ध एअरका पाइलटले जहाज रोक्नेक्रममा चितुवा देखेपछि चितुवा आत्तिएर ड्रेनभित्र पसेको बताए ।

प्रवक्ता ठाकुरले चितुवालाई अहिले ड्रेनको दुबै मुख थुनेर राखिएको र राति १२ः३० बजे सम्पूर्ण उडान सकिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र एअरपोर्टका कर्मचारी मिलेर उद्धार गरिने जानकारी दिए । रासस