Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


मुग्लिन–नारायणगढ सडकमा पहिरो खसेर यसरी पुरिए गाडी, दुईको मृत्यु (भिडियोसहित)


0
Shares

सुक्खा पहिरो खस्दा पुरिएर मोटरसाइकलमा सवार सल्यानका रेशराज राना र भारतीय नागरिक विनयकुमार कोइरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवनबाट काठमाडौ जाँदै गरेको ग१०ख ४८४४ नम्बरको मोटरसाइकलमा छोरा सन्दीपसँगै राना सवार थिए । मोटरसाइकल पुरिँदा उनका छोरा सन्दीप पनि घाइते भएका छन् ।

सोमबार बिहान १० बजेतिर सडक माथिबाट ठूलो पहरो झरेर एउटा जिप, ट्यांकर, ट्रक र दुईओटा मोटरसाइकल पुरिएको मुग्लिन प्रहरीले जनाएको छ ।

ठूल्ठूला चट्टानसहित खसेको पहिरोले गाडीहरु पुरेपछि सडक दिनभर अवरुद्ध बनेको थियो ।

मुग्लिनबाट गएको एस्काभेटरले पुरिएका गाडीहरुलाई साइड लगाएपछि अपराह्नदेखि बाटो एकतर्फी सन्चालन गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्