काठमाडौं, फागुन १२ । अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि भित्र्याउने उद्देश्यका साथ आगामी चैत १४ गतेदेखि राजधानीमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ ।
वाणिज्य मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ र व्यापार निकासी तथा प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा आठौं संस्करणको अन्तर्राष्ट्रिय व्यापार मेला हुन लागेको हो ।
महासंघले आइतबार पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराएको हो ।
नेपालमा लगानी आकर्षण गर्न तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा मेला सहयोगी बन्ने महासंघकी अध्यक्ष भवानी राणाले बताइन् ।
मेलामा स्वदेशी ४० सहित चिनियाँ ८०, बंगलादेशी ४०, पाकिस्तानी १५ र भारतीय १० ओटा स्टल रहने जनाइएको छ ।
मेलाले नेपाली उत्पादनलाई विश्व बजारमा लैजानसमेत सहयोग गर्ने दाबी आयोजकको छ ।









प्रतिक्रिया दिनुहोस्