Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


सिमरामा पहिलोपटक खाना महोत्सव हुने


0
Shares

नयाँवर्षको स्वागतमा होटल व्यवसायी संघ बाराले सिमरामा यही चैत ३१ गतेदेखि वैशाख २ गतेसम्म मध्यतराईमै पहिलोपटक खाना महोत्सव आयोजना गर्न लागेको हो ।

सोमबार पत्रकार सम्मेलन गरी मेलाको तयारीबारे जानकारी दिँदै होटल व्यवसायी संघ सिमराका अध्यक्ष मोहन शर्मा लामिछानेले जिल्लामा पर्यटन विकासका लागि महोत्सवको आयोजना हुन लागेको जानकारी दिए ।

जिल्लामा पर्यटन प्रवद्र्धनका लागि प्रशस्त सम्भावना भएपनि पर्यटन विकास अभियान सन्चालन हुन नसक्दा जिल्लाले पर्यटन आम्दानी गुमाइरहेको बताउँदै लामिछानेले आन्तरिक तथा बाह्य पर्यटकले महोत्सवको अवलोकन गर्ने बताए ।

तीन दिनसम्म सन्चालन हुने महोत्सवमा नेपाली तथा विदेशी विभिन्न खानाका परिकार राखिने जनाइएको छ ।