विदुर नगरपालिका–२ स्थित प्यासकोट बस्तीसँगै जोडिएको पञ्चकन्या सामुदायिक वन क्षेत्रमा लुकाइराखेको अवस्थामा सोमबार (आज) उक्त परिमाणको बम भेटिएको नुवाकोट प्रहरी प्रमुख, प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए ।
मादक पदार्थको बोतलमा पेट्रोल भरेर छाडिएको अवस्थामा उक्त बम फेला परेको प्रहरीले जनाएको छ । जंगल क्षेत्रमा स्थानीय घाँसदाउरा लिन जाँदा झोलामा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
बम भेट्टिएको उक्त स्थान मानवबस्ती नजिकै र नेपाली सेनाको तालिम इलाकामा पर्दछ । रासस










प्रतिक्रिया दिनुहोस्