कांग्रेसको निर्वाचन परिचालन कमिटीले स्थानीय निर्वाचन र कांग्रेसका एजेन्डाबारे मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पूर्वसांसद र बुद्धिजीवीहरुसँग छलफल गरेको हो ।
छलफलमा सहभागीहरुले कांग्रेसलाई जिम्मेवारीपूर्वक जनताकोबीचमा प्रस्तुत् हुन सुझाव दिएका थिए ।
यस्तै, उनीहरुले पार्टीलाई एकताबद्ध बनाउन पनि आग्रह गरेका थिए ।
छलफलमा कांग्रेस निर्वाचन परिचालन कमिटीका संयोजक रामचन्द्र पौडेलले कांग्रेसलेमात्रै लोकतन्त्रको रक्षा र संविधानको कार्यान्वयन गर्नसक्ने भन्दै चुनावमा सहयोग गर्न आग्रह गरेका थिए ।
उनले स्थानीय तहको निर्वाचनमा कांग्रेस पहिलो पार्टी हुने दाबी पनि गरे ।









प्रतिक्रिया दिनुहोस्