Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सप्तरीमा जंगलीहात्तीको आक्रमणबाट दुईको मृत्यु, चारजना घाइते


0
Shares

कोसीटप्पु वन्यजन्तु आरक्षबाट आएको जंगलीहात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका कंकालनी नगरपालिकाका रोशन झा र सञ्जय साफीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान १० बजेतिर बस्तीमा पसेको जंगलीहात्तीको आक्रमणमा परी स्थानीय संगीता साह, कालीचरण दास, नवीना खातुन र इर्साद अली घाइते भएका छन् ।

घाइतेहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।

हात्तीको आक्रमणपछि स्थानीय त्रसित भएका छन् । घटनापछि स्थानीयको सहयोगमा हात्तीलाई गोबरगाढा टापुतर्फ फर्काइएको इलाका प्रहरी कार्यालय हुनमाननगरले जनाएको छ ।